धोबिखोलाको छेउमा एक अचेत शारिर लडिरहेको थियो । बा.७.६ प १३९ नम्बरको स्कुटर अर्कोतर्फ लडिरहेको थियो । मान्छेहरूको ओहोरदोहोर भैरहे पनी त्यो घाइते शरीरमा कसैको नजर थिएन । संयोगबस त्यसैबेला माननीय रामेश्वर फुयालको गाडी त्यही बाटो भएर सरस्वती नगर हुँदै आफ्नो निर्वाचन जोरपाटी तिर जाँदै थियो । अचानक गाडी रोकियो र माननीय रामेश्वर फुयाल गाडिबाट हतारहतार गर्दै सडक छेउमा पल्टिएकी महिलाको नजिक पुगे । त्यो मान्छेको भिडमा एक खड्का थरकी महिलाको सहयोग लियर उक्त घाइते महिलाको उद्धारका लागि प्रहरीलाई सम्पर्क गर्दै ओम हस्पिटल तर्फ लागे ।
मिला बस्नेत नाम गरेकी उक्त महिलालाई इमर्जेन्सीमा भर्ना गरिसकेपछि । उनका श्रीमानलाई सम्पर्क गरि घाइतेलाई परिवारको जिम्मा लगाए । त्यसको लगत्तै हामी संग कुरा गर्दै नेता फुयालले भने ” म शुत्र टेलिभिजनमा अन्तर्वार्ता दिएर पार्टीको कार्यक्रममा जाँदै थिए । बाटोको छेउमा रगताम्मे भएको महिलाको अवस्था देख्दा उनलाई छोडेर जान मन लागेन । मानवताको नाताले उनको जिम्मा आफैले लिन मन लाग्यो । एक मान्छेको ज्यान भन्दा ठूलो मेरो पार्टीको कार्यक्रम होइन भन्ने लाग्यो र उहाँलाई हस्पिटलसम्म सहयोग गर्न पाउदा मलाई आफूले गरेको कामप्रती खुसी लागेको छ । उनले थपे यो मेरो जीवनमा दोस्रो पटक घटेको घटना हो । पहिला पनि म संविधानसभाको सदस्य हुँदा २०७२ सालमा यस्तै घटना घटेको थियो । ”
यसरी एउटा एक मानवीयताले भरिपूर्ण मान्छेको हातबाट मिला बस्नेतको ज्यान जोगिन पुग्यो । अहिले बस्नेत हस्पिटलबाट डिस्चार्ज भैसकेकी छन् । उनको उद्धार गर्ने माननीय फुयालको प्रशंसा गर्दै घाइतेका श्रीमान राजन बस्नेतले भने `मेरो श्रीमतीको ज्यान बचाउन भगवान बनेर आउनुभएको नेता फुयाललाई म जिन्दगीभर भुल्ने छैन । यस्तै नेता हो हामिलाई चाहिएको उहाँलाई हृदयदेखि नै धन्यवाद ´
काठमाडौँ क्षेत्र नम्बर-४ स्थित कालोपुल क्षेत्रमा बाटो बिग्रेकोले उक्त घटना भएको घाइतेका श्रीमानको भनाइ छ । जुन क्षेत्र माननीय गगन कुमार थापाको निर्वाचन क्षेत्र समेत हो । यहाँको बाटो मर्मत नहुदा एस्ता थुप्रै घटना हुने गरेको स्थानीयको भनाइ छ । पानीपर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने सडकहरूको मर्मत हुन नसक्दा सर्वसाधारण कष्ट भोक्दै आएका छन् । खाल्डाखुल्डीले कुरुप बनाएका राजधानीका कयौं सडकहरूको कारण बर्सेनि दर्जनौं मानिसको ज्यान जाने गरेको र सयौं मानिसहरू घाइते हुन परेको बाध्यता छ ।