टप खबर

नेता रामेश्वर फुयाल ले गराए काठमाडौँ क्षेत्र ३-ख बाट उम्मेदवारी दर्ता

Lumbinikhabar Online

नेकपा एमालेका नेता रामेश्वर फुयालले काठमाडौँ क्षेत्र नम्बर-३ को `ख´ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यलय गोकर्णेश्वरमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
जनताको भावना अनुसार आफूले काम गर्दै आएका कारण पार्टीले पनि आफूलाई विश्वास गरेको नेता फुयालको दाबी छ । गत २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचन जितेका नेता फुयाल बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री समेत भैसकेका छन् । उनी संविधान सभा सदस्य तथा नेकपा एमालेका लोकप्रिय नेता समेत हुन् ।

नेता फुयालले आफ्नो पहिलो कार्यकालमा काठे चक्रपथ विस्तार देखी लियर पर्यटकीय क्षेत्रको विकासका लागि रक गार्डेनको नीति लगायतका थुप्रै कामहरू गरिसके छन् । दोश्रो पटक निर्वाचनका लागी उम्मेदवारी दिएका नेता फुयालले केही गर्न बाँकी रहेका कामहरु सहित नयाँ योजनाका साथ पुनः उम्मेदवारी दिएको बताएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी , कृषि तथा सडक निर्माणका क्षेत्रमा आफूले गरेका कामहरूको जनताले मूल्यांकन गरिरहेको र अधुरा कामहरूको लागि जनताले पुनः आफूलाई सहयोग गर्ने नेता फुयालको दाबी छ ।

Tags

छुटाउनु भयो कि ?