टप खबर

चन्द्रज्योति र सुन्दरीजल विद्युत आयोजनालाई अनुसन्धान केन्द्रको रूपमा विकास गरिने

Lumbinikhabar Online

काठमाडौँ स्थित चन्द्रज्योती विद्युत गृह फर्पिङ र सुन्दरिजल विद्युत गृहलाई सम्पदा सङ्ग्रालयको रुपमा संरक्षण गरिने भएको छ । आयोजनाहरुलाई पूर्ण क्षमतमा प्रयोग गर्दै प्रविधि अध्ययन क्षेत्रका नयाँ पुस्ताको लागि समेत अध्ययन केन्द्रको रुपमा स्थापित गरिने भएको हो ।

 


बाग्मती प्रदेशका तत्कालीन भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयालको पहलमा अघि बढाइएको योजनालाई पुनः मानवीय फुयालकै निर्देशनमा काम अघि बढाउन लागिएको हो । वि सं १९६८ जेठ ९ गते एसिया कै दोश्रो तथा नेपालको पहिलो जलविद्युत केन्द्र को रुपमा स्थापित ५ सय किलोवाट विद्युत क्षमता भएको चन्द्रज्योती जलविद्युत आयोजना र त्यसको लगत्तै दस वर्षपछि वि सं १९७८ मा स्थपित ६ सय ४० किलोवाट क्षमता भएको सुन्दरीजल आयोजनालाई जीवित संग्रहालय(Living Museum) को रूपमा अगाडि बढाउने र अध्ययन-अनुसन्धान केन्द्र(Research centre) को रूपमा विकास गर्ने योजनाका साथै सुन्दरीजल जलविद्युत केन्द्रको क्षमता अभिवृद्धि तथा बहु उपयोगिता को बारेमा अनुसन्धान गरी संरक्षण समेत गर्ने भन्दै बाग्मती प्रदेश सरकारबाट तत्कालीन मन्त्री रामेश्वर फुयालको पहलमा ५० लाख रकम समेत उपलब्ध गराइसकेको छ ।

 

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेका यी आयोजनाहरुमा संघीय सरकार, प्रादेशिक सरकार हुँदै स्थानीय सरकारले समेत विशेष जोड दिइरहेका छन् । नेपाली अर्थतन्त्रलाई ध्यानमा राखी वातावरणीय प्रदूषण कम गर्न र हरित क्रान्तिका लागि विद्युत गृहलाई सम्पदा सङ्ग्रालयको रुपमा संरक्षण गरिनु पर्ने मानवीय रामेश्वर फुयालको भनाइ छ ।

Tags

छुटाउनु भयो कि ?