नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता तथा कार्यकर्तालाई आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा खट्न निर्देशन दिएका छन् । एमाले संसदीय दलको आज बसेको बैठकमा असोज १ गते मध्य रातदेखि संसद्को कार्यकाल सकिने भन्दै गाउँ जान पार्टीका सांसदहरूलाई निर्देशन दिएका हुन् ।
यस्तै ओलीले सांसदका रुपमा खेलेको भूमिकाका लागि धन्यवाद दिएका छन् । एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ओलीले एमालेको बहुमत पुर्याउनतिर लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।