टप खबर

प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको बन्दसूची असोज १ गतेदेखि स्वतः खारेज हुने  

Lumbinikhabar Online

२०७४ सालको प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको बन्दसूची असोज १ गतेदेखि स्वतः खारेज हुने  भएको छ । निर्वाचन आयोगले  आज एक विज्ञप्ति जारी गर्दै ०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने जनाएको हो ।   राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको यही भदौ २८ गतेको पत्र तथा भदौ २९ गतेको राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझाव समेतका आधारमा सो  निर्णय गरिएको आयोगले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?