दसैंलाई मध्येनजर गर्दै असोज १ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागले असोज १ देखि बसको अनलाइन टिकट बुकिङ खुला गर्ने जनाएको हो । यातायात व्यवसायी र विभागबीच छलफलले चाडपर्वलाई लक्षित गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातको असोज १ गते शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथासक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउनुपर्नेछ । अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने/गराउने निर्णय भएको विभागका निर्देशक ईश्वरी दत्त पनेरुले जानकारी दिए । असोज १९ गते विजयदशमी परेको छ ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६