टप खबर

रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने

Lumbinikhabar Online

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने बताएका छन । तनहुँमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने बताएका हुन । पौडेलले यसअघि चुनाव हारेको क्षेत्रबाट चुनाव जित्न चाहेको बताउए । आफू चुनाव लड्ने भएपछि अरु पार्टीका नेताहरुको दाबी नलाग्ने पौडेलको भनाइ छ ।

नेता पौडेलले सबै पार्टीसँग सल्लाह गरेर गठबन्धनबाट जित्ने गरी चुनाव लड्ने उनको भनाई छ । २०७४ सालको चुनावमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)सँग पौडेल ६ हजार ८ सय २ मतातन्तरले पराजित भएका थिए ।

Tags

छुटाउनु भयो कि ?