उनले संविधान बमोजिम नै राष्ट्रपतिले नागरिकता विधेयक सदनमा पुनः सुधार्नका लागि पठाएको बताए । उनले यदी राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको पत्र गलत भए च्यातेर देखाउन सत्तारुढ दलका सांसदहरुलाई चुनौती दिए । उनले भने, ‘हतार–हतारमा नागरिकता विधेयक ल्याउनु गलत छ । यसले लोकतन्त्रको प्रतिनिधित्व गर्दैन । जनताका आवाज सुन्दैन । सत्तापक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जानुहुँदैन । पछि यसका दूरगामी परिणाम देखिन्छन् । नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिङ्ग हेरेर हुँदैन । यो नेपाली जाती र नेपाल राष्ट्रका नागरिकहरुले प्राप्त गर्ने कुरा हो ।’ उनले थपे, ‘यसमा कसैको विभेदको दृष्टिकोण छ जस्तो लाग्दैन । आयो के तिर मतलव छैन, तर कसरी आयो ? संविधान बमोजिम राष्ट्रपतिले पठाउनु भयो । यसमा प्रश्न उठाउने ? मिल्छ त्यो ? कि त भन्नुपर्छ । संविधानको यो नियमअनुसार गल्ती छ भने यो पत्र च्यातेर देखाउनुस् न सक्नुहुन्छ ? त्यो त सक्नुहुँदैन । गलत तरिकाले पास नगरौँ । रङ हामीले होइन, तपाईहरुले बदल्नुभएको हो । नागरिकता सरल बनाऔँ, सस्तो नबनाऔँ ।’ सांसद बाँस्कोटाले सत्तापक्षले प्रतिपक्षले रङ फेरेको आरोप लगाएको भन्दै रङ प्रतिपक्षले नभइ सत्तापक्षले नै फेरिरहेको दाबी गरे ।
टप खबर
नागरिकतालाई सस्तो नबनाइयोस: गोकुल बास्कोटा
छुटाउनु भयो कि ?
News in Nepali
सम्पर्क बिहिन तारा एयरको जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा जलिरहेको अवस्थामा फेला
आइतवार, जेष्ठ १५, २०७९
कोभिड-१९