प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय युवा परिषदद्वारा शुक्रबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा प्रधानमन्त्री देउवाले शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘देश विकासमा उच्च सहभागिताका लागि युवाहरुलाई आह्वान गर्दैछु । देश विकासमा युवाको भूमिका महत्वपूर्ण छ ।’ अन्तर्राष्ट्रिय युवा दिवसले युवामा भएको क्षमताको उजागर गर्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे । सरकारी तहबाट युवा केन्द्रित कार्ययोजना निर्माण र कार्यसम्पादन गरी युवा परिषदले युवा उद्यमशीलतामा जोड दिनुपर्ने उनको भनाइ छ । ‘रोजगारी प्रवद्धन, युवा सहभागिता, युवाको नेतृत्व विकासका क्षेत्रमा विभन्न कार्यक्रम ल्याएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘उहाँहरुलाई जीवन उपयोगी सिप सिकाउनुपर्छ । अन्तर पुस्ता सिप हस्तान्तरण कार्यक्रमलाई थप अगाडि बढाउनु पर्नेछ।’
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६