टप खबर

काठमाडौँबाट मुम्बई उड्न लागेको विमान रोकियो

Lumbinikhabar Online

काठमाडौंबाट भारतको मुम्बई जान लागेको नेपाल एयरलायन्सको विमान त्यसतर्फ प्रस्थान गरेको छ। विमानमा अधिकांश यात्रु सुनचाँदी व्यवसायी संघका पदाधिकारी रहेको प्रहरी उच्च स्रोतले जानकारी दियो। संघकै एक जनाविरुद्ध कैलाली प्रहरीमा उजुरी परेको सूचना पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले उड्नै लागेको विमानमा ‘सुरक्षा खतरा’ रहेको भन्दै जेकजाँच गरेको थियो। चेकजाँचका क्रममा कैलाली प्रहरीमा उजुरी परेका एक जनालाई सिआईबीले नियन्त्रमा लिएको छ। श्रीमानसँगै मुम्बई जान लागेका ‘शंकास्पद्’ व्यक्ति पक्राउ परेपछि श्रीमती पनि मुम्बई नगएको अध्यागमन स्रोतले जानकारी दियो।

‘प्रहरीले एक जनालाई नियन्त्रणमा लिएपछि उनको श्रीमती पनि जान्न भनेर नगएको हो। अहिले विमान मुम्बई प्रस्थान गरिसक्यो,’ अध्यागमन स्रोतले भन्यो। सिआईबीले भने शंकास्पद् व्यक्तिको अनुसन्धान प्रक्रिया सुरु गरेको छ। ‘कैलाली प्रहरीमा उजुरी परेको सूचना पाएपछि हामीले विमानभित्र चेकजाँच गरेका हौं। उजुरी परेका व्यक्तिलाई विमानबाटै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,’ प्रहरी उच्च स्रोतले अन्नपूर्णसँग भन्यो।  प्रहरीका अनुसार विमानमा ४९-५० जना सुनचाँदी व्यवसायी संघकै पदाधिकारीहरु रहेका थिए। उनीहरु भ्रमण उद्देश्यले मुम्बई जान लागेका थिए।

Tags

छुटाउनु भयो कि ?