पहिरोले घर पुरिएर अछाममा ३ जनाको मृत्यु भएको छ। तुर्माखाँद गाउँपालिका-२ भुलुका अमर विष्टको घर पुरिँदा सुतिरहेका ३ जनाको मृत्यु भएको हो। उनका भाइ विरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको अछामका डीएसपी नारायण डागीले जानकारी दिए। उनका अनुसार काकी नैना विष्ट गम्भीर घाइते भएकी छन्। अहिले स्थानीय जनप्रतिनिधि, प्रहरीको सक्रियता उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ। निरन्तर परेको पानीसँगै राति १ बजेतिर पहिरो जाँदा घर पुरिएको वडा सदस्य दिपेन्द्र कामीले बताए।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६