टप खबर

सुनको मूल्य १ हजारले बढ्यो

Lumbinikhabar Online

नेपाली बजारमा सुनको मूल्य १ हजारले बढेको छ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य १ हजारले बढेर तोलाको ९४ हजार तोकिएको हो।  बिहीबार सुन तोलामा १ हजारले घटेर तोलाको ९३ हजारमा किनबेच भएको थियो। आज तेजावी सुनको मूल्य ९३ हजार ५०० कायम भएको छ। यस्तै, सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। आज प्रतितोला चाँदीको मूल्य ११६५ रुपैयाँ तोकिएको छ।  बिहीबार प्रतितोला चाँदीको मूल्य ११५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

Tags

छुटाउनु भयो कि ?