• २०८२ बैशाख १५, सोमबार ( )
कार्यक्रम

भव्य रुपमा सम्पन्न भयो यो वर्षको मिस एसईई स्टार

Lumbinikhabar Online

ललितपुर । यो वर्षको ‘मिस एसईई स्टार’को चौथों संस्करणको उपाधी ईष्टपोल स्कूलकी रितिका शाहले जित्न सफल भईन । भवानी ईन्टरटेनमेन्ट तथा ग्रेस ईभेन्ट्सको संयुक्त आयोजनामा आयोजित उक्त ग्राण्ड फिनालेमा जोरपाटीकी शाहले एसईई स्टारको ताज सहित विभिन्न संघ संस्थाले उपलव्ध गराएको गिफ्ट ह्याम्परको साथमा मिस टया्लेन्ट र बेष्ट ड्रेसको टाईटल समेत जितेकी छिन । यसै गरि मिस एसईई ग्रेसको उपाधी भने मुस्कान नेवारले हात पार्न सफल भईन । उनले मिस पर्सनालिटी र मिस पपुलरको टाईटल समेत जितेकी छिन । आकृति भट्टराईले फस्ट रनर अपको ताज पहिरिदै मिस मल्टिमिडियोको टाईटल जितिन । सकेण्ड रनर अपको उपाधी सहित विदिस्मा कुंवरले मिस फ्रेण्डसीपको टाईटल प्राप्त गरेकी थिईन ।

स्नेहा बर्तौलाले थर्ड रनरअपको ताजको साथै बेष्ट स्माईलको टाईटल जितेकी थिईन । भने,आयुषा लामाले मिस डिसिप्लिन र मिस वाकको टाईटल जितेकी थिईन । ग्रिष्मा घिमिरेले मिस फोटोजेनीकको टाईटल हात पार्दा प्रिन्सा खड्काले मिस कन्फिडेन्ट, व्युटी विथ ब्रेनको टाईटल श्रेष्ना श्रेष्ठले र मिस ईन्टिलेक्च्युएलको टाईटल जेनिका धिमालले जितेका थिए । सगुन पाण्डेको कोरियोग्राफी, विक्रम कार्की र प्रशुन्न भुजेलको सह कोरियोग्राफी रहेको प्रतियोगितामा नायक कोशिस क्षेत्री, डाईरेक्टर विशाल भण्डारी, फिल्म निर्माता श्रीदेव अर्याल, फेशन डिजाईनर सावित्री ढुंङ्गाना तथा शिक्षाविद् राजन श्रेष्ठ निणार्यक मण्डलमा रहेका थिए ।


ललितपुरको बालकुमारीस्थित म्यूजिक सिटी हलमा आयोजित उक्त फिनालेमा प्रमुख अतिथी पुर्व प्रधानमन्त्री झलनाथ खनालले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए भने कार्यक्रम आयोजक सोनीतराज ढुुङ्गेलले सम्पुर्ण प्रायोजक र सहयोगी हातहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रममा जेसीआई नेपालकी कार्यकारिणी उपाध्यक्ष तथा कार्यक्रम आयोजक सल्लाहकार रमा कुमारी प्याकुरेलले कार्यक्रमको स्वागत गर्दै कार्यक्रमको वारेमा जानकारी दिईन ।

कार्यक्रम आयोजक ग्रेस ईभेन्टसका सिईओ सुरज थापाका अनुसार , यो संस्करण देखि लामो समयदेखि विभिन्न क्षेत्रमा योगदान दिने सात जना प्रतिष्ठित व्यक्तित्वहरुको सम्मान सप्तरङ्गी सम्मानको शुरुवात गरिएको वताउदै यो पटक चलचित्र क्षेत्रमा नायक श्रीदेव भट्टराई,गायन क्षेत्रबाट गायक रमेश पाठक, साहित्य क्षेत्रबाट साहित्यकार एवं गीतकार माधव निर्दोश,शिक्षा क्षेत्रबाट शिक्षाविद् प्रशन्न अर्याल, राजनीति क्षेत्रबाट युवा राजनीतिज्ञ शर्मिला थापा,समाजसेवाबाट समाजसेवी सरिता दाहाल र संचारक्षेत्रबाट संचारकर्मी धर्वेन्द्र सापकोटालाई सप्तरङ्गी सम्मान प्रदान गरिएको जानकारी दिए ।


यसै गरि, कार्यक्रम आयोजकको भगिनी संस्था निकिला मिडियाको आयोजनामा आयोजित ग्यालेक्सि अवार्डमा छनौट भएका अवार्ड लिन छुट भएका संचारकर्मी प्रकाश सुवेदी तथा गीतकार होम श्रेष्ठलाई ग्यालेक्सि अवार्ड प्रदान गरिएको थियो ।
गीता एभिएसनको मुख्य प्रायोजन रहेको प्रतियोगीतालाई साईपल एकेडेमीले मुख्य सह प्रायोजन गरेको प्रतियोगितामा गायक रवि रिमाल,गायक सपन श्रेष्ठ, गायक राजबावु, डान्सर सीता सुवेदी, कमेडी कलाकार महादेव त्रिपाठी लगायतको मनोरन्जनात्मक कार्यक्रमले दर्शक दीर्घामा बसेकाले मनोरन्जन लिएका थिए ।
नाईस टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रम दिनेश डिसीले संचालन गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?