जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या भएको छ । पश्चिमी जापानको नारा शहरमा आयोजित राजनीतिक ¥यालीमा सम्बोधन गर्ने क्रममा उनको हत्या भएको हो । आसन्न संसदीय निर्वाचनका लागि नारा शहरमा चुनावी अभियानमा रहेका उनलाई कसैले पछाडिबाट गोली हानेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । शुक्रबार स्थानीय समयअनुसार बिहान ११ बजेर ३० मिनेटको समयमा नारा शहरको रेल स्टेशन अघि भाषण दिने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । आबेमाथि घरमै निर्मित बन्दुकबाट गोली हानिएको थियो । गोली लाग्नेबित्तिकै उनलाई हृदयघात भएको थियो । पछि उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत् अस्पताल पु¥याइएको थियो । अस्पतालमा उपचारका क्रममा आबेको निधन भएको द्दोषणा गरिएको हो ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६