टप खबर

अर्थमन्त्री जनार्दन शर्मा निर्दोष साबित हुने आशा छ: वर्षमान पुन

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय समितिको छानविनबाट अर्थमन्त्री जनार्दन शर्मा निर्दोष साबित हुने आशा व्यक्त गरेका छन् । संसद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले छानविनबाट निर्दोष साबित भएपछि शर्मा नै पुन: अर्थमन्त्री बन्ने दाबी समेत गरेका हुन् । उनले प्रश्न उठेपछि राजीनामा दिएर मन्त्री शर्माले उच्च नैतिकता देखाएको जिकिर गरे । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छानबिन अघि नै शर्मामाथि कारबाहीको माग गरेकोमा आपत्तिसमेत जनाए । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि  अर्थमन्त्री  शर्माले बुधबार  पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् ।  अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको छ ।

Tags

छुटाउनु भयो कि ?