निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको छ। बुधबार बालुवाटारमा आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ मा एकै चरणमा संघीय/प्रदेश सभा सदस्य निर्वाचन गर्न प्रस्ताव गरेका हुन्। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार मंसिर २ मा चुनाव गर्न आयोगले प्रस्ताव गरेको हो। आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण र मुख्यसचिव शंकरदास बैरागीसँग छलफल गरेका हुन्।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६