नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर २७ रूपैयाँ बढाएको हो ।
निगमले आइतबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै पेट्रोल १९९ रूपैयाँ, डिजेल र मट्टीतेल १९२ रूपैयाँ लिटर पर्नेछ ।
एलपी ग्यासको भने मूल्य यथावत रहेको निगमले जनाएको छ ।
यसअघि जेठ २६ गते मात्र आयल निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रूपैयाँ बढाएको थियो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको र निगमको घाटा बढ्दै गएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।