टप खबर

बालेन शाह १० हजार मतनजिक पुगेका छन्

Lumbinikhabar Online

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरमा स्वतन्त्रका बालेन शाह १० हजार मतनजिक पुगेका छन् ।

सुरुदेखि निरन्तर अग्रता बनाइरहेका बालेनले ९६०५ मत प्राप्त गरेका छन् । उनीभन्दा निक्कै पछाडि परेका एमालेका केशव स्थापितले ५११५ मत ल्याएका छन् ।

कांग्रेसकी सिर्जना सिंहले ४५ सय मत कटाएकी छिन् ।  काठमाडौंमा ३, ४, ५, ६, ३१ र ३२ वडाको मतगणना जारी छ । यस्तो गणनामा मेयरमा स्वतन्त्रका बालेनले निरन्तर अग्रता बढाउँदै आएका छन् ।

बलियो प्रभाव रहेको भनिए पनि एमाले र कांग्रेस उम्मेदवारहरू पछाडि परेका हुन् । तर अझै पनि काठमाडौंका भित्री बस्तीबाट आफूहरूले कमब्याक गर्ने दाबी एमाले र कांग्रेसको छ ।

Tags

छुटाउनु भयो कि ?