ललितपुर महानगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् ।
पछिल्लो अपडेटअनुसार १३ हजार २१६ मतगणना गर्दा चिरिबाबुले ७ हजार ४१० मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यन्जन्कारले ३ हजार १९२ मत मात्र ल्याएका छन् ।