काठमाडौको कागेश्वरी मनहरा नगरपालिका–९ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसबाट अनिल थापा विजयी हुनुभएको छ । उहाँले १५०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रामहरि गोतामेले १४४० मत प्राप्त गर्नुभयो ।
नेपाली कांग्रेसको कागेश्वरी मनहरा वडा नं.९ का ईकाई सभापती समेत रहेका थापा यस अघि एमालेको गढ मानिएको वडाबाट निर्वाचित वडाध्यक्ष हुनुभएको हो । नगर तथा वडामा लोकप्रिय समाजसेवीको रुपमा बेग्लै छवि बनाउनु भएका तथा टोल सुधारमा सक्रिय भएर निरन्तर लागेका कारण पनि उहांले चुनाव जित्ने निश्चित प्राय नै थियो ।
उक्त वडामा मुख्य समस्या रहेको खानेपानी लगायत भौतीक पूर्वाधार निर्माणमा यस अघि पनि सक्रियताका साथ लागेकाले स्थानीयवासीको रोजाईमा पर्न सफल भएकोले उहांलाई निर्वाचित गराउन लागी परेको कुरा सौन्दर्य व्यबसायी तथा समाजसेवी मनिषा जिसीले जानकारी दिनुभयो ।
जिसी भन्नुहुन्छ ‘उहांको विजयी पश्चात स्थानीय क्षेत्रमा विकास हुनुका साथै यहांको क्षेत्रमा मुख्य समस्या रहेको खानेपानी सहज ढंगले उपलव्ध गराउनका लागि पहिलो प्राथमिकतामा राख्नु हुनेछ भन्ने विश्वास लिएका छौं ‘।