गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) को प्यानल नै विजयी भएको छ। यहाँ वडाध्यक्षसहित सबै सदस्य जसपाले जितेको छ। वडाध्यक्षमा कृष्णबहादुर परियार निर्वाचित भए। उनी ०७४ मा पनि वडाध्यक्ष निर्वाचित भएका थिए। यो जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृह वडा हो। परियारले ६४८ मत ल्याएर वडाध्यक्ष जितेका हुन् भने कांग्रेसका उम्मेदवारले पाँच सय मत मात्र ल्याएका छन्।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६