टप खबर

इलाम-१ साँखेजुङको वडाध्यक्षमा कांग्रेसका उम्मेदवार गायत्रीराम बस्नेत विजयी

Lumbinikhabar Online

इलाम नगरपालिका–१ साँखेजुङको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गायत्रीराम बस्नेत विजयी भएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार भएका बस्तेतले नेकपा एमालेका अम्विका गौतमलाई १५९ मतअन्तरले हराउँदै विजयी भएका हुन् । बस्नेतले ११८१ मत प्राप्त गर्दा गौतमले १०२२ मत मात्र प्राप्त गरेका थिए । त्यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी डायना राई, दलित महिला सदस्यमा नेपाली कांग्रेसकी मुना देवी रसाईली, खुल्ला वडा सदस्यमा नेपाली कांग्रेसका मोहन गुरुङ र नेकपा एमालेका भिमबाहादुर राई विजयी भएका छन् ।

Tags

छुटाउनु भयो कि ?