स्थानीय निर्वाचनका लागि नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले केही स्थान बाहेक अन्य ठाउँका उम्मेदवारको टुंगो लगाएको हो । बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार तय गरेको हो ।
एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै काठमाडौँको उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाइएको छ । स्थापित काठमाडौँका पूर्वमेयर हुन् भने डंगोल पूर्वमिस नेवा हुन् ।
ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाइएको छ । बैठकले भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भरतपुर र वीरगञ्जकाे उमपेयरका उम्मेदवार ताेक्न बाँकी छ । त्यस्तै विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार तय हुन बाँकी छ । एमालेले जनकपुरधाम र सिमरा बाहेक ९ वटा उपमहानरका उम्मेदवारहरू तय गरेको हो।
उपमहानगरपालिकामा को–को बने उम्मेदवार ?
धरान
मेयर– मन्जु भण्डारी | उपमेयर–पदम लिम्बु
इटहरी
मेयर– यामकुमार सुब्बा | उपमेयर– संगीता चौधरी
कलैया
मेयर- बिनोद साह
धनगढी
मेयर – रणवहादुर चन्द. | उपमेयर- चन्द्रकला राना थारु
नेपालगन्ज
मेयर– पशुपति दयाल मिश्र, | उपमेयर– शान्ति ढकाल
तुलसीपुर
मेयर– टिकाराम खडका, | उपमेयर– स्यानी चौधरी
घोराही
मेयर– नरुलाल चौधी | उपमेयर- हुमा डिसी
बुटवल
मेयर– बाबुराम भट्टराई | उपमेयर– साबित्रा अर्याल
हेटौंडा
मेयर–अनन्त पौडेल | उपमेयर–सुमित्रा काफ्ले