नाइजेरियाली प्रान्त बन्यूमा हतियारधारीहरुको आक्रमणमा परी कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । उक्त प्रान्तको तारका नामक नगरमा हतियारधारीहरुले सो हमला गरेका थिए ।
अज्ञात हतियारधारीहरुले यस नगरका दुई फरक फरक समुदायका नागरिकमा हमला गरेका थिए । त्यस क्रममा भएका आक्रमणमा परेर यहाँका स्थानीय गाउँलेको ज्यान गएको थियो ।
सोमबार राति भएको आक्रमणको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । एकले अर्को जातिका मानिसमाथि यसरी सांघातिक हमला गर्ने र मानिसको ज्यान नै लिने गरेका समाचारहरु सो प्रान्तमा प्रायः आउने बताइएको छ ।