रुसद्धारा युक्रेनमाथि भएको हमलाको विषयमा वार्ता गर्न गठित युक्रेनी वार्ता टोलीका संयोजकले युक्रेनले रुससँग वार्ता गर्ने तर पनि आफूले यसअघि राख्दै आएका अडानहरुका बारेमा कुनै परिवर्तन नहुने बताएका छन् ।
रुससँगको वार्ताका लागि युक्रेनद्धारा गठित युक्रेनी वार्ता टोलीका संयोजक डेभिड अरखमानियाले सो धारणा राखेका हुन् ।
अरखमानियाले मंगलबार ट्वीट गर्दै भने` हामी स्तानबुलमा भएका सम्झौताहरूका बारेमा अडिग छौँ र हामी त्यसमा कुनै परिवर्तन गर्ने पक्षमा छैनौँ ।´
अहिले रुसका पक्षबाट विभिन्न शर्तहरु आएका र स्तानबुल सम्झौताको पनि अलग्गै व्याख्या गर्न खोजिएको पाइएकाले यदि त्यस्तो भयो भने त्यसले उक्त सम्झौता समेत भंग हुने त्रास रहेको पनि बताए ।