News in Nepali

अमेरिकालाई चीनको धम्की

Lumbinikhabar Online

चीनले अमेरिकाकी सभामुख नेन्सी पलोसीलाई ताइवानको यात्रा नगर्न धम्की दिएको छ । यदि उनले यो कुरा नमाने आफूले कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले चीनले ताइवान र अमेरिकाका बीच कुनै पनि आधिकारिक सम्पर्कको विरोध गर्छ र अमेरिकाको नेन्सी पोलिसीको यात्रा रद्द गर्नुपर्ने बताएको छ ।

चीनले एक चीन नीति अन्तर्गत ताइवानलाई आफ्नो हिस्सा ठान्छ जबकी ताइवान आफूलाई एक स्वतन्त्र देश मान्छ र त्यहाँ जनताले छानेको सरकार पनि छ । जाओ लिजियानले भने, ‘यदि नेन्सी पेलोसीले ताइवानको यात्रा गरिन् भने यसको नतिजा अमेरिकाले भोग्नुपर्नेछ । ’

यद्यपि, उनले यसबारे विस्तृत विवरण भने दिएका छैनन् । सन् १९९७ मा अन्तिम पटक अमेरिकी संसदका कुनै सभामुखले ताइवानको यात्रा गरेका थिए । नेन्सी पलोसी चीनको कडा आलोचक हुन् र थुप्रै मौकामा उनले मानवाधिकार उल्लंघनको आरोप लगाएकी छिन् ।

 

Tags

छुटाउनु भयो कि ?