पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विदेशी शक्ति पाकिस्तानको लोकतन्त्र र उसको सम्प्रभुतामाथि हमला गरिरहेको आरोप लगाएका छन् ।
उनले सामाजिक संजाल ट्वीटरमा लेख्दै भनेका छन् ‘विदेशी शक्ति यहाँ केही स्थानीय सहयोगीको माध्यमले पाकिस्तानको लोकतन्त्र र उसको सम्प्रभुतामाथि हमला गरिरहेको छ ।’ उनले भने, ‘अब देशको जनताले यसविरुद्ध अघि बढेर यसको रक्षा गर्नुपर्नेछ । ’
उनले विदेशी शक्तिलाई मद्दत गरिरहेका यस्ता स्थानीय सहयोगीलाई मिर जाफर र मिर सादिकको संज्ञा दिए । पाकिस्तानमा केही दिन अघि विपक्षले इमरान खानको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको थियो तर आइतबार यसमाथि भोटिङ अघि उप–सभामुखले अविश्वास प्रस्ताव खारेज गरेका थिए । त्यसपछि इमरान खानको सल्लाहमा राष्ट्रपति आरिफ अल्वीले संसद् भंग गरिदिए ।