आर्टिकल्स

जनताको जनजीविकाको सवालमा केही कुरा

Lumbinikhabar Online

-डा.डिआर उपाध्याय,

पटक पटकको मूल्यवृद्धिले आमजनता पीडा माथि पीडामा छन् । जनताको आय स्रोत बढेको छैन । तर महंगी अचाक्ली बढेर गएको छ । यस्तो भए पछि बाँच्न गाहारो हुन थाल्यो । जनताको ढाँड सेकिने गरी यसरी महंगी बढनु भनेको त्यति राम्रो संकेत होइन । पछिल्ला समयमा पेट्रोलियम पदार्थको मूल्य बढेको बढ्ेयै छ । सरकार अब यो बिषयमा गम्भिर देखिनु पर्ने जरुरी छ । सरकारले बर्तमान समयमा देखिएका यी जनताका तमाम समस्या समाधान गर्न नसके अलोकप्रिय हुने निश्चित छ ।

महंगीका कारण सर्वसाधारण जनतालाई बिहान बेलुकाको छाक टार्न समेत धौ धौं छ । यति बेला विविध खाले समस्याबाट जनता पीडित छन । सरकारले जनताको समस्या समाधान गर्न छिटो पहल गर्नु पर्ने देखियो । पाँच दलीय गठबन्धनको सरकार जनताको जनजीविकाको सवालमा जिम्मेवार देखिन सकेन भनेर आलोचना सुरु हुन थालेको छ । अहिले सरकार जनताको समस्या समाधान गर्ने विषयमा केन्द्रीत हुनु पर्ने हो, तर त्यस्तो देखिएन । सरकार जनताकोे अभिभावक हो ।

सरकारले जनताको दुख्खमा साथ दिनु पर्छ । यो सरकारको कर्तब्य र दायित्व दुबै हो । जनताका समस्या समाधान गर्ने कुरामा सरकार चुक्यो भने जनताले राम्रो मान्ने छैनन् । सरकारलाई भरीसके नागरिकले असफल हुन बाट बचाउँनु पर्छ । मन्त्रालयमा मन्त्री छन् तर उनीहरू आमजनताको समस्या समाधान गर्ने कुरामा त्यति ध्यान दिदैनन् । जनतामा असन्तुष्टि बढदै गएको छ । जनतालाई निराश हुन दिनु हुदैन । जनता निराश भए भने देशमा समस्या उत्पन्न हुने खतरा आउन सक्छ ।

बेलैमा राजनीतिक दल र तिनका नेताहरुले सोच्नु पर्ने हुन्छ । कर्मचारीहरु जागिर पचाउने काम मात्र गरिरहेका छन् । फटाफट जनताका काम हुन नसक्दा जनता हैरानीमा छन । स्थानीय तह देखि केन्द्र सम्म कुनै पनि काम फटाफट हुन सकिरहेका छैनन् । सरकारी काम कहिले जाला घाम यो उखान कर्मचारीमा लागु हुन्छ । जनताले आफना काम समयमा हुन नसक्दा जनताले मुलुकमा सरकार नै नभएको अनुभूति गरिरहेका छन् । मन्त्री, सचिवहरू मन्त्रालयको कामलाई थाती राखेर गोष्ठी, सेमिनार तथा अन्य औपचारिक कार्यक्रममा ब्यस्त छन । मन्त्री, सचिवहरू अत्यावश्यकबाहेकका अन्य कार्यक्रम, सभा, गोष्ठी, सेमिनारमा सहभागी हुनुहुँदैन ।

अहिले देशमा जुन किसिमले महंगी बढिरहेको छ, यो जनताले धान्न नसक्ने अबस्थामा पुगेका छन । रोजगारी छैन, ब्यापार ब्यवसाय त्यति राम्रो संग चलेको छैन । बिद्यार्थीहरुको समस्या झन बढदो छ । उनीहरुलाई बिहान बेलुका दाल भात खान समेत समस्या हुन थालेको छ । किन की सबै चिज महंगो भए पछि जीविका चलाउने कसरी ? देशमा ब्यवस्था बदलियो तर अबस्था बदलिन नसके पछि जनता निराश हुन्छन । के गरेर हुन्छ पटक पटक बढिरहेको महंगी घटाउने बिषयमा छलफल, बहस गर्नु पर्ने बेला भयो । सरकारले जनतालाई सत्य , तथ्य जानकारी दिनु पर्ने हुन्छ । यो यो कारणले महंगी बढ्यो भनेर । चुनावको मुखमा यसरी अचाक्ली महंगी बढनुले गठबन्धन दललाई घाटा हुन सक्छ । पाँच दलीय गठबन्धन सरकारले बेलैमा सोचोस् ।

Tags

छुटाउनु भयो कि ?