युक्रेका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युक्रेनी जनता अबुझ नभएको बताएका छन् ।
रुसले किभ र चेयरनिवमा आफ्नो हमला निकै कम गर्ने बयान दिएको भोलिपल्ट जेलेन्स्कीको यस्तो बयान आएको हो । मंगलबार इस्तानबुलमा युक्रेन र रुसबीच भएको शान्तिवार्तामा रुसको तर्फबाट यस्तो भनिएको थियो ।
जेलेन्स्कीले रुसको उद्देश्यमाथि शंका जताउँदै वार्ताबाट आफूहरुले सुरुवाती संकेत सकारात्मक पाएको तर रुसको तर्फबाट दागिएका गोलाबारुद उनीहरुको बचन अनुसार नभएको बताएका छन् ।