चीनको आर्थिक राजधानी मानिने सांघाई शहरमा लकडाउन घोषणा गरिएको छ। कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि अधिकारीहरूले सोमबार बिहानदेखि लकडाउन गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। सांघाईमा दुई चरणमा लकडाउन हुनेछ। सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ देखि ५ सम्म लकडाउन गरिनेछ।
यो लकडाउनका कारण २ करोड ६० लाख मानिस प्रभावित भएका छन्। सहरको पूर्वतिरका मानिसहरू अहिले घरभित्र बसिरहका छन् भने सांघाईको पश्चिमतिरका मानिसहरू आवश्यक सामान किन्न व्यस्त छन्। लकडाउन गरेर अधिकारीहरूले सहरका सबैको कोरोना परीक्षण गर्ने बताएका छन्।