News in Nepali

विश्व सुन्दरी प्रतियोगितामा भाग लिन अमेरिका पुगेकी नम्रता आइपुगिन नेपाल

Lumbinikhabar Online

गत फागुन २६ गते ७० औं विश्व सुन्दरी प्रतियोगितामा भाग लिन अमेरिका पुगेकी मिस नेपाल नम्रता श्रेष्ठ सोमबार स्वदेश फर्किएकी छन् ।

अमेरिकाको पुएर्तोरिकोमा सम्पन्न फिनालेमा भाग लिएर नेपाल फर्केदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचार माध्यम संग कुरा गर्दै उनले हारजितभन्दा पनि नेपाललाई राम्रोसँग प्रतिनिधित्व गराउन सकेकोमा खुसी लागेको बताइन् ।

भविष्यमा नेपालले मिस वर्ल्डको ताज जित्न सक्ने आशा व्यक्त गर्दै नम्रताले भाग्य र मेहनत नै सफलताको मुख्य कारण रहेको बताइन् ।

 

Tags

छुटाउनु भयो कि ?