नाइजेरियामा बन्दुकधारीहरूको आक्रमणबाट तीन प्रहरी अधिकृतहरु सहित थप १० जनाको मृत्यु भएको छ ।
बन्दुकधारीहरुले प्रहरी कार्यालय र देशको मध्य प्रदेशमा रहेको स्थानीय सरकारको कार्यालयमा आक्रमण गरेका थिए ।
सरकारी अधिकारीहरुले घटनास्थलको यथार्थ विवरण आइनसकेको र विवरण सङ्कलन गर्ने कार्य भइरहेको जनाइको छ । नाइजेरियामा बन्दुकधारी, स्थानीय प्रतिकार समूह र सरकारी सुरक्षाकर्मीबीचमा बेला बेलामा हिंसात्मक घटना हुने गरेका छन् ।