साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइएको छ। बिबिसीका अनुसार शनिबार उनीहरूलाई झुन्ड्याइएको हो।
मृत्युदण्ड पाउनेमध्ये सात जना यमन र एक जना सिरियाका पुरूष पनि थिए। तीमध्ये कोहीमाथि स्लामिक स्टेटमा लागेको त कोहीमाथि अलकायदा र यमनको विद्रोही समूह हाउथीसँग सम्बन्धित भएको अभियोग लगाइएको थियो।
मृत्युदण्ड पाउने साउदी नागरिकमाथि महत्वपूर्ण आर्थिक क्षेत्रमा आक्रमणको योजना बनाएको, सुरक्षाकर्मीलाई हत्या गरेको, अपहरण, बलात्कार र हतियारको अवैध कारोबार गरेको आरोप थियो।
अधिकारवादी समूहहरूले तीमध्ये धेरैले सम्पूर्ण न्यायिक प्रक्रिया नपाएको बताएका छन्। यो कुरालाई साउदी सरकारले अस्वीकार गरेको छ।