रुसी फौजले गए राति एकै पटक युक्रेनका थप तीन वटा सहरमा आक्रमण गरेको छ । यसअघि आक्रमण नभएको लुट्स, नीप्रो र इभानो–फ्रान्किभिस्कमा रुसी फौजले आक्रमण गरेको हो ।
रुसी सेनाले ती सहरहरूमा विमानस्थल, लडाकु विमान मर्मत केन्द्र लगायतलाई लक्षित गरी विस्फोट गराएका हुन् ।
यस्तै रुसी सेना राजधानी किएभमा केन्द्रित हुन थालेका छन् । किएभबाट पाँच किलोमिटर नजिकै रुसी सेनाले घेरा हालिरहेका युक्रेनको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।