रुसको आक्रमण पछि झन्डै तीन लाख युक्रेनी नागरिकले हतियारसहित सेना संगै युद्धमा होमिएका छन् ।
युक्रेनको सेनालाई सघाउन एक लाख जना युक्रेनमै रहेका नागरिक सैन्य गतिविधिमा संलग्न रहेको र थप दुई लाख जना युक्रेनी नागरिक युरोपका विभिन्न देशबाट स्वदेश फर्केर सेनालाई सघाइरहेको बीबीसीले जनाएको छ । रुसी सेनाले युक्रेनमा आक्रमण थालेपछि युक्रेनी सरकारले सेनालाई सहयोग गर्न नागरिकसँग आग्रह गरेको थियो ।
युक्रेनमा सेनालाई सहयोग गर्न चाहने जो कोहीलाई पनि सरकारले हतियार दिने गरेको छ । यसैबीच युक्रेनका रक्षामन्त्री एलेक्सेइ रेज्रिकोभले रुससँगको लडाइँमा अप्रशिक्षित नागरिकलाई अग्रपङ्क्तिमा नखटाउने घोषणा गरेका छन् ।
युद्धका क्रममा सेनाभन्दा धेरै नागरिक मारिएको भन्दै रक्षामन्त्री रेज्रिकोभले रुसको सामना गर्न तालिमप्राप्त र युद्धमा पोख्त सेना पर्याप्त रहेको भन्दै लडाइँको अग्रभागमा सेना नै रहने बताएका छन् ।