टप खबर

सरकारले ५० वर्ष माथि उमेर समूहका नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

Lumbinikhabar Online

सरकारले ५० वर्ष माथि उमेर समूहका नागरिकहरुको मिर्गौला, कलेजो, मुट लगायतका रोगहरुको नियमित परीक्षण निःशुल्क गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । यस्तो परीक्षण वर्षको एकपटक हुने छ । साथै मन्त्रिपरिषद बैठकले ज्येष्ठ नागरिक अस्पताल बनाउने निर्णय पनि गरेको छ । सो अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको सचिवालयले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?