भारतका पाँच वटा राज्यमा विधान सभाका लागि भएको मतदानको मतगणना चलिरहेको छ । ताजा मतणनाअनुसार कडा प्रतिस्पर्धा हुने ठानिएकाे उत्तर प्रदेशमा भाजपा २ सय ५४ सिटमा अग्रता बनाएको छ ।
त्यस्तै समाजवादी पार्टी एक सय १३ सिटमा अघि देखिएको छ । यस्तै कांग्रेस र बहुजन समाजवादी पार्टी समान तीन–तीन सिटमा अघि देखिएका छन् ।
पन्जाबमा आम आदमी पार्टी ९१ सिटमा अघि देखिँदा सत्तारुढ बीजेपी मात्र दुई सिटमा अघि छ । यस्तै कांग्रेस १७ र शिरोमणि अकाली दल (एसएडी) ६ सिटमा अघि देखिएको छ ।
६० सिट भएको मणिपुरमा बीजेपी २३ सिटमा अघि देखिएको छ । त्यस्तै कांग्रेस दुई सिटमा अघि देखिँदा अन्य १७ सिटमा अघि छ ।
४० सिट भएको गोवामा बीजेपी १८ सिटमा अघि देखिँदा कांग्रेस र अन्य समान ११–११ सिटमा अघि देखिएका छन् ।
७० सिट भएको उत्तराखण्डमा बीजेपी ४१ सिटमा अघि देखिँदा कांग्रेस २६ सिटमा अघि छ । यस्तै अन्य तीन सिटमा अघि देखिएका छन् ।