News in Nepali

रुस र टर्कीका विदेश मन्त्रीबीच आउँदाे बिहीवार टर्कीमा भेट हुने

Lumbinikhabar Online

रुस र टर्कीका विदेश मन्त्रीबीच आउँदाे बिहीवार टर्कीमा भेट हुने भएको छ । बिहीवार टर्कीको अन्तालया सहरमा हुन लागेको कुटनीतिक फोरममा दुई विदेश मन्त्रीबीच भेट हुन लागेको हो ।

टर्कीले दक्षिणी सहर अन्तलायामा त्याे फोरमको आयोजना गर्न लागेको छ । त्यस अवसरमा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा भेटघाट हुन लागेको हो ।

त्याे फोरममा सहभागी हुन रुसी विदेश मन्त्री सेर्गेइ लाभरोभ र युक्रेनका विदेश मन्त्री मेभलुत काभुस्गलु अन्तलाया जाने हुनुभएको हो । रुसी विदेश मन्त्री लाभरोभले आफू त्याे कुटनीतिक फोरममा सहभागी हुन जान लागेको जानकारी दिँदै त्यस अवसरमा युक्रेनका विदेश मन्त्रीसँग भेटघाट हुने भएको बताइएको छ ।

उता युक्रेनी विदेश मन्त्री मेभलुतले पनि त्याे फोरममा आफू जान लागेको भन्दै रुसी विदेश मन्त्रीसँग भेट हुने जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Tags

छुटाउनु भयो कि ?