सिरियामा विद्युतीय धरापमा पारेर कम्तीमा पनि १३ जना सैनिकको घटनास्थलमै ज्यान गएको छ । त्यस दुर्घटनामा परेर अरु कम्तीमा पनि १८ जना सैनिक घाइते भएका छन् ।
घाइतेको अवस्था निकै गम्भीर रहेको पनि बताइएको छ ।
सिरियाली सैनिक सबार बस यहाँको मध्य प्रान्तीय प्रदेश
होम्स सहरमा विद्युतीय धरापमा पारिएको थियो ।
सो हमला कसले र किन गरेको हो भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान थालिएको जनाएको छ ।