टप खबर

कुलमान घिसिङले दुई वर्षपछि बिजुली खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन्

Lumbinikhabar Online

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षपछि बिजुली खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुने दाबी गरेका छन् । शनिबार नेपाल इन्जिनियर्स एसोसियसनले चितवनमा गरेको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले दुई वर्षपछि भारतबाट बिजुली खरिद गर्ने अवस्थाको अन्त्य हुने बताएका हुन् ।

घिसिङले दुई वर्षमा करिब दुई हजार मेगावाट बिजुली उत्पादन बढ्ने भन्दै देशभित्रको मागलाई सहजै पूरा गर्ने पनि बताए । अझ् वर्षात्का बेला मागभन्दा ६० प्रतिशत बढी बिजुली उत्पादन हुने पनि उनले बताए । अतिरिक्त उत्पादन भारत सरकार खरिद गर्न सहमत भएको पनि घिसिङले जानकारी दिए । हाल भारतबाट करिब ४ सय मेगावाट बिजुली आयात हुने गरेको छ ।

Tags

छुटाउनु भयो कि ?