News in Nepali

पूर्व मिस युक्रेन अनास्तासिया लेना रुसी सेनाविरुद्ध लड्न सेनामा सामेल

Lumbinikhabar Online

रुस र युक्रेन बिचको युद्धले चरम रुप लिइरहेका बेला पूर्व मिस युक्रेन अनास्तासिया लेना रुसी सेनाविरुद्ध लड्न सेनामा सामेल भएका खबर सार्वजनिक गरिएका छन् ।

स्काई न्यूजले लेखे अनुसार , ‘ एउटि पूर्वमिस युक्रेनले सेनाको जुत्ता लगाएकी छन् । एउटा असल्ट राइफल उठाएकी छन्, कसम खाएकी छन् कि ‘आक्रमण गर्ने उद्देश्यले युक्रेनी सीमा पार गर्ने जो कोहीलाई मारिनेछ।’ उनी सन् २०१५ मा मिस ग्रान्ड इन्टरनेशनल सौन्दर्य प्रतियोगितामा आफ्नो देशको प्रतिनिधित्व गरेकी पूर्व मिस युक्रेन अनास्तासिया लेना हुन् ।

युक्रेनका नागरिकहरूलाई रुसी सेनाविरुद्ध लड्न प्रोत्साहित गरिएको छ । १८ देखि ६० वर्ष उमेर समूहका पुरुषलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ । लड्न चाहने जो कोहीलाई बन्दुकहरू वितरण गरिँदैछ ।

विभिन्न शहरहरूमा, युक्रेनीहरूले युद्धलाई सहयोग गर्न मोलोटोभ ककटेल भनिने पेट्रोल बमहरू बनाउँदै आएका छन् । निहत्था नागरिकहरूले पनि रुसी ट्यांकहरूलाई गाउँहरूमा प्रवेश गर्नबाट रोक्नको लागि घुँडा टेकेर अडान लिएका छन् ।

Tags

छुटाउनु भयो कि ?