रुसको रक्षा मन्त्रालयले युक्रेनमा आफ्ना ४९८ जना रुसी सैनिक मारिएको र एक हजार ५९७ सैनिक घाइते भएको बताएको छ । रुसले पहिलो पटक सैन्य कारबाहीका क्रममा मारिने र घाइते हुने सैनिकको संख्या सार्वजनिक गरेको हो ।
बुधबार रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोले रुसी कारबाहीमा दुई हजार ८७० जना युक्रेनी सैनिक मारिएका र तीन हजार ७०० जना घाइते भएका बताएका छन् ।
यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करिब ६ हजार रुसी सैनिक मारिएको दाबी गरेका थिए । तर प्रवक्ता कोनाशेन्कोले आफ्नो सेनातर्फ ठूलो क्षति भएको भनेर आएको उक्त समाचारलाई‘दुष्प्रचार’ (डिसइन्फर्मेशन) भनेका छन् । यस्तै ,‘विशेष सैन्य कारबाही’का क्रममा मारिएका सैनिकका परिवारलाई सबै आवश्यक सहयोग प्रदान गरिने पनि प्रवक्ता कोनाशेन्कोले बताए ।
बिहीबार राष्ट्र संघको मानव अधिकार कार्यालयले युक्रेनमा रुसको सैन्य कारबाहीमा परी २२७ जना सर्वसाधारणको ज्यान गएको र ५२५ जनाको मृत्यु भएको बताएको छ ।