News in Nepali

एक सातामा रुसले गरेको आक्रमणमा परि १३६ युक्रेनी नागरिकको मृत्यु

Lumbinikhabar Online

एक साता अघि देखि रुसले गरेको आक्रमणमा परि १३६ युक्रेनी नागरिकको ज्यान गएको छ भने ४०० जना घाइते भएका छन् । मारिनेमा १३ बालबालिका रहेका छन् ।

राष्ट्रसंघको मानव अधिकारसम्बन्धी उच्च आयोगका प्रवक्ता लिज थ्रोसेलले युद्धमा मृत्यु हुनेको संख्या त्योभन्दा बढी हुने बताएका छन् । भारी तोपको गोलाबारी, हवाई हमला र विस्फोटक पदार्थका कारण अधिकांश हताहत भएको थ्रोसेलले बताए । तर, युक्रेन सरकारले सार्वजनिक गरेको तथ्यांकमा भने ३५२ सर्वसाधारणको मृत्यु र १६८४ जना घाइते भएको उल्लेख छ ।

Tags

छुटाउनु भयो कि ?