News in Nepali

युक्रेनका लागि १० मिलियन डलर सहयोग प्रदान गर्दै दक्षिण कोरिया

Lumbinikhabar Online

रुस र युक्रेन बिच युद्ध भइरहेका बेला युक्रेनका जनता र शरणार्थीलाई प्रभावकारी रुपमा सहयोग गर्दै युक्रेनमा मानवीय संकट समाधान गर्न दक्षिण कोरियाले युक्रेनका लागि १० मिलियन डलर मानवीय सहायता प्रदान गर्ने भएको छ ।

सउलको विदेशमन्त्रालयका अनुसार उक्त सहयोग युक्रेनको सरकार, छिमेकी देश र अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यपश्चात् प्रदान गरिने बताएइको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जेई–इनले सोमबार आफ्नो सरकारलाई युक्रेनका लागि तत्काल मानवीय सहायता प्रदान गर्न आदेश दिएका थिए ।

‘हाम्रो सरकारको सहायताले युक्रेनका जनता र शरणार्थीलाई प्रभावकारी रुपमा सहयोग गर्ने छ । हामी युक्रेनमा मानवीय संकट समाधान गर्न सक्रिय योगदान जारी राख्नेछौँ,’ मन्त्रालयले भनेको छ ।

Tags

छुटाउनु भयो कि ?