गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीका सम्बन्धमा भएको आन्दोलनमा संयमता अपनाएर सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू र उपत्यकाका सुरक्षा प्रमुखहरूमा धन्यवाद व्यक्त गरेका छन् । गृहमन्त्री खाँणले प्रतिनिधि सभाबाट बहुमतले एमसीसी पास भएपछि गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, गृह मन्त्रालयको सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख अघिकारीहरू क्रमशः गोविन्द रिजाल, घनश्याम उपाध्याय र रुद्रादेवी शर्मा तथा उपत्यकाका सुरक्षा निकायका प्रमुखहरूलाई टेलिफोन गरेर धन्यवाद व्यक्त गरेका हुन् । उनले सुरक्षाकर्मीहरू साथीहरू घाइते हुँदासमेत संयमता अपनाएर सुरक्षा दिने काममा अहोरात्र खटिएकोमा प्रशंसा व्यक्त गरे ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६