News in Nepali

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन परराष्ट्र मन्त्रालयको आग्रह

Lumbinikhabar Online

रुस–युक्रेन तनाव चर्किँदै गएकाले त्यहाँ हिंसात्मक घटना हुन सक्ने भन्दै नेपालको परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ ।

मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाई उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो । युक्रेन मामिला हेर्दै आएको जर्मनीको बर्लिनमा रहेको नेपाली दूतावासमा युक्रेनमा रहेका ३८ जना नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सकुशल रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई कुनै समस्या परेमा बर्लिनमा रहेको दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

 

 

Tags

छुटाउनु भयो कि ?