अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्ने विषयमा सत्तारुढ चार दलबीच बिहीबार पनि सहमति जुट्न सकेन ।बिहीबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार संसदमा एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए । एमसीसी अनुमोदनका लागि प्रस्तुत हुादा पक्षमा मत दिने कि विपक्षमा भन्ने दलहरुको आफ्नो रोजाई भएको देउवाको भनाइ थियो । नेकपा माओवादी केन्द्रका नेताहरूले एमसीसी अघि बढाएर सरकार छाड्ने र विपक्षमा मत दिने संसदीय दलको निर्णय भएको बताएका छन् । उनीहरुले एमसीसी संसदमा टेबल गर्नुअघि एमालेसँग सम्वाद गरेर अवरोध हटाउने वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरे । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी टेबल गर्न सहमति दिएको त स्वीकार गरे । तर संसदको अवरोध कायम रहेका बेला छलफल हुन नसक्ने बताए । साथै एमसीसीबारे छलफल गर्नकै लागि पार्टीले ७ गते स्थायी कमिटीको बैठक बोलाएको उनले जानकारी दिए ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६