अमेरिकी सहायता परियोजना एमसीसीको समर्थन गर्दै स्वतन्त्र नागरिक समाजको आयोजनामा मोटरसाइकल र्याली गरिएको छ ।
एमसीसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गर्दै र्यालीका सहभागीले ‘वेलकम एमसीसी’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए ।
सरकारले आज संसदमा एमसीसी अनुमोदनका लागि पेस गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका बेला एसको पक्षमा पनि प्रदर्शनका गरिएको छ ।