News in Nepali

धनुषामा आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएपछी अस्पतालमा तोडफोड

Lumbinikhabar Online

धनुषाको जनकपुरधामस्थित काव्या अस्पतालमा आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएको छ ।

जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर–७ स्थित किसानपुरका यैजुब अन्सारीकी २५ वर्षीया श्रीमती मुर्सरफ खातुनको प्रसूति अप्रेसन गर्ने क्रममा जुम्ल्याहा नवजात शिशुसहित आमाको पनि मृत्यू भएको हो ।

जुम्ल्याहा नवजात शिशुको मृत्यूपछि आमाको पनि उपचारकै क्रममा बुधबार बिहान अन्दाजी ८ बजे मृत्यु भएको हो । चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अप्रेसनपछि आमा र शिशुको पनि मृत्यु भएको भन्दै आक्रोशित पीडित परिवारले अस्पतालमा कार्यरत डा. रमित राजलगायत कर्मचारीमाथि हातपात समेत गरेका छन् । उनीहरुले अस्पताल परिसरमा रहेको एउटा एम्बुलेन्समा तोडफोड समेत गरेका छन् ।

तर अस्पतालका सञ्चालक डा. एस.के. सिंहले बिरामीको मृत्युको कारण अप्रेसन नरहेको जिकिर गरे । एक शिशु मृत्यु भएकै अवस्थामा निकालिएको र अर्कोलाई बचाउनका लागि भेन्टिलेटरमा राखेर हरेक सम्भव प्रयास गरिएको उनको दावी छ ।

 

Tags

छुटाउनु भयो कि ?