News in Nepali

रुसी राष्ट्रपति पुटिन र फ्रान्सेली समकक्षी म्याक्रोंबीच मस्कोमा भेटवार्ता

Lumbinikhabar Online

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंबीच मस्कोमा भेटवार्ता भएको छ । भेटका क्रममा युरोपको सुरक्षा प्रबन्ध र युक्रेनका विषयमा कुराकानी भएको बताइएको छ ।

दुई देशका राष्ट्रपतिबीचमा बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्याका साथै युरोपको सुरक्षाका बारेमा पनि छलफल भएको समाचारमा जनाइएको छ ।

पूर्वी युक्रेनका द्वन्द्वपीडितहरूको व्यवस्थापन राम्रोसँग हुन नसकेका विषयमा पनि उनीहरूका बीचमा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।

रुस–फ्रान्स सम्बन्धको लागि, पुटिन र म्याक्रोंले नोभेम्बर १२ मा पेरिसमा दुई देशका विदेश र रक्षा मन्त्रीबीचको नियमित बैठकको पनि प्रशंसा गरेका थिए । साथै, युक्रेनमा पछिल्लो समयमा रुसले आक्रमण गर्नसक्ने भन्ने विषयमा पनि कुराकानी भएको अनुमान गरिएको बताइएको छ ।

Tags

छुटाउनु भयो कि ?